हेटौंडा – उदयपुरको बेलका नगरपालिका–६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बेलका नगरपालिका–३ बस्ने भारत सिक्किम बियुङ घर भएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेका छन् ।
बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको थियो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
ढकाल र किशोरीले बियरको बोतल र ढुङगा प्रहार गरी कबिताको हत्या गरेको प्रहरीले जनाएको छ । कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।
सुनुवारले सानो सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको भन्दै एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालय जानेक्रममा हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव मंगलबार बिहान ७ बजे यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक भटिएको थियो ।
उनीहरू उपर जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।