हेटौंडा – बाँकेको राप्ती सोनारी गाउँपालिका ८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षिय पुरुष रहेका छन् ।
उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याउना साथ चिकित्सकले मृत्त घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री पुरुषलाई ठक्कर दिई फरार भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।