प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

२०७९ फाल्गुन २३, मंगलबार ०५:४७ बजे

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मंगलवार दुई खेलहरु हुँदैछन् ।

आज एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लव चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् ।

चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।

यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पनि दिउँसो २ः३० बजे शुरु हुनेछ ।