प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ आश्विन ३०, आईतबार ११:३६ बजे

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १६२ कोरोना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६३४ पीसीआर परीक्षण गर्दा २८ जना र ५२८ एन्टीजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, हाल मुलुकमा ६८८ जना सक्रिय सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा १९ हजार २४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।