प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

अटो दुर्घटना हुँदा पाँच जना घाइते

२०८० चैत्र १९, सोमबार २०:४३ बजे

बागलुङ – बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए।

दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको इन्सपेक्टर केसीले बताए।

उनले घाइतेहरूको प्रहरीले उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा पठाएको जानकारी दिए। अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ।