प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

यस्तो छ आजको मौसम पूर्वानुमान

२०७९ फाल्गुन १, सोमबार ०४:३५ बजे

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र राती प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।