हेटौंडा – शिवम सिमेन्ट उद्योगको चरम लापरबाहीपूर्वक गरिएको प्राकृतिक दोहनको अनुगमन तथा निरीक्षण गर्न आउनेहरुको लर्को देखेपछि स्थानीयलाई लाग्छ, अब केही सकारात्मक परिबर्तन हुन्छ । तर, वास्तवमा ‘अनुगमन हैन, पैसाको बार्गेनिङ गर्न आएको’ जस्तो मात्र भएपछि स्थानीय पनि हैरान भएका छन् ।
शिवमले २०६४ देखि २०७३ सालसम्म बिना सम्झौता चुनढुङ्गा उत्खनन् गरिरहेको छ । २०७४ र २०७८ मा सम्झौता गरेर उत्खनन् सुरु ग¥यो तर, सम्झौतामा भनेबमोजिम व्यवस्थित भने छैन । विगत १५ बर्षदेखिको अब्यवस्थित उत्खननले खानी क्षेत्र र तटीय क्षेत्रका स्थानीय प्रताडित छन् ।
सरोकारवाला निकायमा स्थानीयले बर्षेनी उजुरबाजुर गर्ने गरेका छन् । जेनतेन अनुगमन पनि हुने गरेको छ । तर, अनुगमन प्रतिवेदन गुपचुप राख्दा र सम्झौता कार्यान्वयनमा ध्यान नदिदा समस्या जिउँको तिउँ छ ।
सास छौँन्जेल आस सबैलाई हुन्छ, प्रताडित स्थानीयले गत माघ १८ गते वडा, वनदेखि मुख्यमन्त्री कार्यालयसम्म ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । जसमा डिभिजन वन कार्यालय मकवानपुर र वडा कार्यालयबाट अनुगमन गरे जस्तो गरिएको थियो । वडा कार्यालयबाट शीर न पुच्छरको प्रतिवेदन सार्वजनिक हुँदा डिभिजन वन कार्यालय मकवानपुर भने कानमा तेल हालेर बसेको छ ।
अनुगमनका लागि वनले सव–डिभिजन वकैया र मकवानपुरगढीबाट प्राविधिकसहितको टोली खटाएको थियो । महिनौँ वित्दा समेत प्रतिवेदनको अत्तोपत्तो छैन । यतिका समयमा वित्दा पनि प्रतिवेदन सार्वजनिक नहुँनुले, ‘कतै उद्योग र वनका कर्मचारीबीच सेटिङ त छैन ?’ स्थानीयले शंकाको प्रश्न उठाएका छन् । ‘अनुगमन भएको महिनौँ वित्दा पनि किन प्रतिवेदन सार्वजनिक भएन, वनका कर्मचारी र उद्योगवीच लाभको मिलोमत्तो छ कि ?’ स्थानीयले आशंका व्यक्त गरेका छन् ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटाले अनुगमनको प्रतिवेदन बनाउने तयारी भइरहेको बताए । उनले उद्योग र आफूहरुबीच लाभको मिलोभत्तो नरहेको दाबी गरे । माघमा गरिएको अनुगमनको प्रतिबेदन बनाउन कति समय लाग्ने हो भन्ने जवाफ कसैले दिएको छैन । उद्योगको कमी कमजोरी छैन भने पनि त त्यसै अनुसारको प्रतिबेदन सार्वजनिक गर्दा राम्रै हुने स्थानीयको तर्क छ ।
यो समाचार पनि पढ्नुस्
सांसद बर्तौलाको नेतृत्वमा शिवमको चुनढुङ्गा खानी अनुगमन, खानी बन्द गर्ने मुखे सहमती
प्रकृतिमाथि शिवमको निर्मम प्रहार, उद्योगकै संरक्षणमा मकवानपुरगढी सरकार
शिवमको खानी क्षेत्र अनुगमन झारा टार्ने, उद्योगको अवैध काम सिडिओले देखेनन्
शिवमको कालाकर्तुतः स्वीकृती बिना बर्षौँ चुनढुङ्गा उत्खनन्(भिडियो सहित)
चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम
शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम
मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका
शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?
टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन
शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?