प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

सुत्केरी व्यथाले च्यापेको महिला लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स सडकमै फसेपछि...

२०७९ भाद्र १४, मंगलबार १०:१२ बजे

काभ्रे – काभ्रेपलान्चोक भुम्लु गाउँपालिकाको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउन नपाउँदा नवजात शिशुको ज्यान गएको छ । हिलाम्मे सडकमा करिब एक घण्टा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा भुम्लु गाउँपालिका–१ सापिङको भोटेटरकी संगिता माझीको नवजात शिशुको ज्यान गएको हो ।

शनिबार संगितालाई सुत्केरी व्यथाले च्यापेपछि प्रसुतीको लागि सापिङ स्वास्थ चौकी ल्याउने क्रममा एम्बुलेन्स हिलाम्मे सडकमा करिब एक घण्टा भन्दा बढी समय फसेको थियो । एम्बुलेन्स फसेपछि संगिताले स्वास्थ्य चौकी पुग्न नपाई बाटोमै शिशु(छोरी)लाई जन्मदिईन् ।

संगिताले छोरी जन्म दिइन् । तर, बाटोमै समयमै अस्पताल पुर्याउन नपाउँदा उनले आफ्नो छोरीलाई भने बचाउन सकिनन् । नवजात शिसुको उपचार अभावको कारण बाटामै मृत्यु भएको हो ।

एम्बुलेन्स फसेको जानकारी पाएपछि सो स्थानमा स्वास्थ्यकर्मीको टोली पुगेको थियो । स्वास्थ्यकमीको टोली पुग्दा आमाको अवस्था मध्यम रहेपनि नवजात शिसुको भने मृत्य भइसकेको सापिङ स्वास्थ चौकिका स्वास्थ्यकर्मी अइसा महतराले बताईन् । ‘उहाँहरुले बाटोको कारण सुत्केरी महिलालाई समयमै स्वास्थ्य चौकी ल्याउन सक्नु भएन, समयमै अस्पताल ल्याउन सकिएको भएर बचाउन सकिन्थ्यो,’ उनले भनिन् ।

सुत्केरी महिलाको श्रीमान कृष्ण माझीले स्वास्थ्य जाँचको लागि श्रीमतीलाई नियमित रुपमा अस्पताल लगेको बताए । ‘दुई पटक भिडियो एक्सेरे गरेको हो, राम्रौ छ भनेको थियो,’ उनले भने एक्कसी व्यथाले च्याप्यो, बाटोमै एम्बुलेन्स फस्यो, अस्पताल पुर्याउन सकिएन ।’

‘बच्चा जन्मिएपछि रोहिरहेको थियो, पानीको फोका फुटेर नाख र मुखमा पर्यो,१०/१५ मिनेटपछि बच्चाको हिरिक हिरिक भएर ज्यान गयो,’ उनले भने, बच्चाको सास गएको ५ मिनेटपछि स्वास्थ्यकर्मीहरु आइपुग्नु भयो, सायद बाटोमा राम्रो भएको भए, छोरीलाई बचाउन सकिन्थ्यो होला ।’ उनले स्थानीय सरकारले चोडो बाटो मर्मत गर्न अनुरोध समेत गरेका छन् ।क्षितिज सरगम