प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

बढ्यो सुनको मूल्य

२०७९ असार ९, बिहीबार ०७:०५ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

अघिल्लो बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २०० ले बढेर ९७ हजार ५०० पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार कायम छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासंले जनाएको छ।