प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

आजदेखि राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्यायाे

२०८२ असार २, सोमबार २१:१० बजे

नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

साविककै आकार तथा रङ्गमा नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।