प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

रूखबाट लडेर तामाङको मृत्यु

२०७९ कार्तिक २९, मंगलबार ०५:२७ बजे

हेटौंडा – लप्सी टिप्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४, पटगाउँवेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको मृत्यु भएको हो ।

तामाङको रूखमा चढेर लप्सी टिप्ने क्रममा रूखबाट लडी मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।