हेटौंडा – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहबाट प्रमुख ३, उपप्रमुख २, अध्यक्ष ७, उपाध्यक्ष ६ र वडाध्यक्ष ४८ तथा सदस्यमा ७० गरी १३६ उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेमा हेटौँडा उपमहानगरपालिकामा ४९, राक्सिराङ गाउँपालिकामा २१, थाहा नगरपालिकामा १५, बकैया गाउँपालिकामा १८, मकवानपुरगढीमा ११, इन्द्रसरोवरमा आठ, बागमती र मनहरी गाउँपालिकामा ५–५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलाश गाउँपालिकामा तीन र भिमफेदी गाउँपालिकामा एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
राजनीतिक दलमा सबैभन्दा बढी नेकपा एकिकृत समाजवादीका ३२, नेकपा माओवादी केन्द्रका २१ जसपा नेपालका ११, राप्रपाका १३, नेपाली कांग्रेसका ११, नेपालका लागि नेपाली बार्टीका २ नेकपा समाजवादी, नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेशन र संघिय लोकतान्त्रीक नेपाल राष्ट्रिय मञ्चका एक–एक जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । आयोगका अनुसार स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिने ४२ जना रहेका छन् ।
उम्मेदवारी फिर्ता लिनेको नामावली:–





स्रोतः निर्वाचन आयोग