प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

मकवानपुरका कांग्रेस नेता भीमसेनको निधन

२०७९ बैशाख ६, मंगलबार १५:५४ बजे

हेटौँडा – नेपाली काँग्रेस थाहा नगर कार्य समितिका सचिव भीमसेन मुक्तानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ चौवास निवासी मुक्तानको गएराति निधन भएको हो । केही समयदेखि बिरामी रहेका मुक्तानको अबस्था गम्भिर बनेपछि सोमबार राति काठमाडौँ लैजानेक्रममा बाटोमा नै निधन भएको थियो ।

नगर कार्य समितिका सचिब मुक्तानको निधनप्रति काँग्रेस थाहा नगर समितिले दुःख व्यक्त गर्दै मुक्तानले पार्टी र समाजमा पु¥याउनुभएको योगदानको स्मरणीय भएको जनाएको छ । ३६ वर्षीय मुक्तानको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै काँग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीले सचिव मुक्तानप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सुन्दरीदेवी माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विगतमा रेडियोकर्मी रहेका मुक्तान गजलकारसमेत रहेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।