प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमित ७ सय ९८

२०७९ आश्विन १८, मंगलबार १३:५१ बजे

काठमाडौं – देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।