प्रहर खबर
 २०८३ कार्तिक १२, बुधवार    

कुटपिट गरी आफ्नै बुवाको हत्या

२०७९ बैशाख २०, मंगलबार १२:४२ बजे

हेटौंडा – एक युवकले कुटपिट गरी आफ्नै बुवाको हत्या गरेका छन् । नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका(१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवले आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । अभियोगमा रामग्राम नगरपालिका(१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले सोमबार राति बालगोबिन्दलाई पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।