प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

२०७९ जेठ १९, बिहीबार १४:३९ बजे

हेटौंडा – हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित तल्लोतालमा ना २ त २९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका ८ बस्ने सन्जीव अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए । बिहिबार साँझ थानाभर्याङबाट नवलपुर जाँदै गरेको ट्याक्टर सडकबाट करिब ३० फिट तल खसेको थियो । दुर्घटना बिषयमा अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले बताए ।