हेटौंडा – आफ्नै टिप्परमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेपाल बन्दको मौका पारेर चालक र सहचालकले आफैंले चलाउँदै आएको टिपरमा आगो लगाएपछि प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान पौने ५ बजेतिर घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको थियो । घटना शंकास्पद भएपछि प्रहरीले चालक ३२ वर्षीय अरुण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई सोधपुछपछि टिपरका मालिक घोराही १४ नवलपुरका ४१ वर्षीय धनेश्वर भण्डारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । बीमा रकमको लोभमा साहुजीकै सहमतिमा चालक र सहचालकले टिपरमा आगो लगाएको देर्खिएको उनले बताए ।
यसमा थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।