चितवन । चितवनको भरतपुर–५ स्थित सिताराम चोकमा आज बिहान सवारी दुर्घटना भएको छ।
सिताराम चोकदेखि तोरीखेततर्फ जाँदै गरेको ०३–००१ च ८४२४ नम्बरको दुध बोक्ने गाडीले भित्री शाखा सडकबाट आउँदै गरेको ना–१ ज ८७६८ नम्बरको माइक्रोलाई ठक्कर दिएको चितवन प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि दुध बोक्ने गाडी सडकमै पल्टिएको छ भने ठक्कर खाएको माइक्रो नारायणी लिफ्ट सिँचाइको नहरमा खसेको छ। घटनाका बेलामा दुवै सवारी साधनमा चालक मात्र सवार थिए।
दुर्घटनामा दुध बोक्ने गाडीका चालक घाइते भएका छन् र हाल भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। माइक्रोका चालक सामान्य रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सडक सुरक्षा र सवारी नियमको पालना अझ कडाइका साथ गर्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।