हेटौंडा – गुणस्तरहिन घिउ सहित श्री गणपती रिपैकिङका संचालक पक्राउ परेका छन् ।
पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्थित श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटर सहित उक्त उद्योगका संचालक सर्लाही विष्णु गाउँपालिका–८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा संचालन गरेको सो उद्योगबाट उक्त परिमाणको गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।