हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बस्तीपुरस्थित निर्मल माध्यामिक बिद्यालय लागु औषध दुव्र्यसनीबिरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङ मकवानपुरको संयुक्त आयोजनामा दुव्र्यसनीबिरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, निर्मल माध्यामिक बिद्यालयका प्रधानाध्यापक प्रमोद बिडारी, सामुदायिक सेवा केन्द्र थानाभर्याङ मकवानपुरका सचिव कृष्ण प्रसाद खनाल, रिकभरिङ नेपाल हेटौडाका उपध्याक्ष निर्मल बिडारी लगायतले लागुऔषध दुर्व्यसनी, कानुनी व्यवस्था सम्बन्धी शैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की लागुऔषध दुव्र्यसनीबिरुद्ध विद्याथीहरुलाई प्रशिक्षण दिदै । तस्वीरः जिप्रका
"समुदाय प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत रिकभरिङ नेपाल हेटौडाको सहकार्यमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र थानाभर्याङ मकवानपरका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममानिर्मल माध्यामिक बिद्यालयका शिक्षक शिक्षिका र विधार्थीहरुको उपस्थिति रहेको थियो ।
"समुदाय प्रहरी साझेदारी कार्यक्रम"अन्तर्गत विभिन्न संघसंस्थासंग समन्वय गरेर लागुऔषधको दुर्व्यसनीबिरुद्धको कार्यक्रम नियमित सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।