प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

सरकारले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्नुपर्छ : साँसद वर्तौला

२०८१ जेठ २२, मंगलबार २०:२८ बजे

काठमाडौं – नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलाले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्न माग गरेका छन् ।

आज भएको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै वर्तौलाले उत्तरी मकवानपुरको दामन, पालुङ, चित्लाङ, इन्द्रसरोवर लगायतको क्षेत्रमा पर्यटनको राम्रो सम्भावना भएकोले सरकारले पर्यटनको गन्तव्य घोषणा गर्नुपर्ने जोड दिए । उनले भने "मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, मार्खु, कुलेखानी, सिमभज्याङ, दामन असाधारण पर्यटनको सभावना भएको क्षेत्र हो । नेपाल सरकारले पर्यटनलाई प्रबर्द्धन गर्ने नीति पनि अख्तियारी गरेको छ । पर्यटनको गन्तव्यको रुपमा चिनिएको यी स्थानहरुलाई नेपाल सरकारले देशकै पर्यटन गन्तव्यको रुपमा घोषणा गरि पर्यटन प्रबर्द्धन कार्यक्रम र बिकासको प्रक्रियाहरु अगाडि बढाउनको लागि म नेपाल सरकार संग माग गर्दछु ।"


उनले सभामुख र प्रतिनिधिसभाका सांसदहरुलाई चित्लाङ, मार्खुमा लोकल माछा खाँदै इन्द्रसरोवरको तालमा डुंगा खेलेर चित्लाङको होमस्टेमा आराम गर्न निम्तो सहित अनुरोध समेत गरे । उनले यसअघि देखि नै थाहालाई केन्द्रमा राखेर इन्द्रसरोवर, भीमफेदी सहित कैलाशको केही भेग समेटेर उत्तरी मकवानपुरको पर्यटन विकासको लागि संसदमा पहल गर्दै आइरहेका छन् ।