प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडामा एक पुरुषको शव फेला

२०८० भाद्र २३, शनिबार ०५:२२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा बेवारिसे शव फेला परेको छ। वडा कार्यालय नजिकै शुक्रबार साँझ पौने ५ बजे अन्दाजी ३५/४० बर्षीय पुरुषको शव फेला परेको हो ।

स्थानीयहरुलाई सोधपुछ गर्दा मंगोलियन अनुहार भएका ती पुरुष हेटौंडा बजार क्षेत्रमा कवाडी मालसामान टिपेर हिड्ने गरेको खुल्न आएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घटनास्थलको मुचुल्का पश्चात शवको पोटमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।