प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमतीमा ३३ जनामा कोराना संक्रमण पुष्टि

२०८२ असार २६, बिहीबार १८:२९ बजे

मकवानपुर । गएको एक साता ५२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (डिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ ।

ती पाँच प्रदेश मध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै ३३ जनामा सङ्क्रमण भएको पाइएको छ ।

यस्तै, क्रमशः लुम्बिनी प्रदेश ८, कोशी प्रदेश ८,मधेस प्रदेश २ र गण्डकी प्रदेशमा १ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।