प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

राेपाइँ गरिरहँदा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, चार जना घाइते

२०८२ असार २०, शुक्रबार १९:०९ बजे

दैलेख– सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ८ कुईरेमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य चार जना घाइते भएका छन् ।

दिउँसो ३ बजेतिर वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते भएका पर्वत विक, हुमबहादुर थापा, नवीन विक र सुनिता गिरीको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।