मकवानपुर । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ ।
रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो ।
यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ ।
यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।
दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो । यो समाचार लेख्दासम्म दुर्गेशको गीतलाई १६ लाख भन्दा धेरैपटक हेरिएको छ ।
यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो ।