हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शान्तिकुञ्जमा आज बिहानै स्कारपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ३२ वर्षीय विकास श्रेष्ठ रहेका छन् । चौराह अस्पतालमा उपचारको क्रममा बिहान सवा ४ बजे श्रेष्ठको मृत्यु भएको हो ।
घाइते भएका जिपमा सवार ५ जनाको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो जिप आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पोलमा ठोकिएको थियो ।