काठमाडौं – सम्पर्कविहीन तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाइएको छ। एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।
अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।रातोपाटीको सहयोगमा