प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

रुखबाट लडेर हेटौंडामा एक महिलाको मृत्यु

२०७९ चैत्र ६, सोमबार ०२:४७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–३, जम्बु चौतारा बस्ने ३८ वर्षीया राजलक्ष्मी गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार घर नजिकै रहेको लेवट सामुदायिक वनमा धयरोको रूखमा चढेर घाँस झार्ने क्रममा लडेर गोलेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।