काठमाडौं – सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ।
तिहार र छठजस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।
मनत्रालय अन्तर्गतको वातावरण विभागले नजिकिदै गरेको तिहार, छठ, जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण नगर्न आग्रह गरेको हो । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालयले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै नेपालभर प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको थियो ।