प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

वडा कार्यालयमा तोडफोड

२०८० कार्तिक २२, बुधबार २०:४३ बजे

काठमाडौं – भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा तोडफोड भएको छ।

कार्यालयको मुख्य गेटको ताला फुटाएर अज्ञात समूहले कार्यालयभित्रको सामग्री तोडफोड गरेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाइएको उनले जनाए।

कार्यालयमा एक लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। घटना कस्ले र किन घटाएको हो भन्ने पत्ता लाग्न नसकेको उनको भनाइ छ।सांकेतिक तस्बीर