प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

युट्युवमार्फत अश्लिता फैलाउने हेटौंडाका खड्का प्रहरीको फन्दामा

२०७९ मंसिर १५, बिहीबार ११:४६ बजे

हेटौंडा – युट्युवमार्फत अश्लिता फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा हेटौंडा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्का रहेका छन् ।

प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षार्थ खटाईएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो साझेदारी सेवा युट्युव मार्फत विभिन्न आक्षेप तथा लान्छना लगाएर समाजमा अपाच्य हुने शव्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गरेको प्रहरीले जनाएको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्यदृश्य बनाएर युट्युव तथा फेसबुकमार्फत प्रसारण गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।