हेटौंडा – नेकपा (एकिकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्षबाट राजिनामा दिएको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन् । पोखरेललाई काठमाण्डौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले टिका लगाएर एमालेमा स्वागत गराएका हुन् ।उनले नेकपा समाजबादी पार्टीलाई प्राइभेट कम्पनि भन्दै पार्टी परित्याग गरेका थिए ।
नेकपा एस पार्टी मकवानपुर अध्यक्ष पोखरेल सहित जिल्ला सचिवालय सदस्य र पालिका स्तरका नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । पोखरेल सहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसी सहित तीन दर्जन नेताहरुले पार्टी परित्याग गरेका थिए ।
एमालेमा प्रवेश गरे लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि भएका छन् । उनी शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाएका छन् ।