हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरको १० वटा स्थानीय तहमा हालसम्म ८ सय ५९ जनाले उम्मेदवारी दर्ता गरेको छन् ।आइतबार र सोमबार साँझ साढे ६ बजेसम्म जिल्लाका १० वटा स्थानीय तहमा गरी विभिन्न पदमा ८ सय ५९ जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नगर प्रमुखमा १४ जना, गाउँपालिका अध्यक्षमा ३५ जना, नगर उपप्रमुखमा ८ र उपाध्यक्षमा २० जना मम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा २ सय १५ जना, महिला सदस्यमा १ सय ४५ जना, दलित महिला वडा सदस्यमा १ सय २२ जना र वडा सदस्यमा ३ सय जनाको उम्मेदवारी दर्ता गराएको आयोगले जानकारी दिएको छ । सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता धमाधम भइरहेको आयोगले जनाएको छ ।