हेटौंडा – अटो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ यरीचोकमा भे ३ प ४९७१ नम्बरको मोटरसाइकल भे १ ह १९६० नम्बरको अटो रिक्सामा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।
मोटरसाइकल चालक वीरन्द्रनगर २ का २३ वर्षीय रमेश थापा र रिक्सा चालक वीरन्द्रनगर १० का २२ वर्षीय निर्मल चौधरी घाइते भएका हुन् । कर्णाली प्रादेशिक अस्पतालमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये मोटरसाइकल चालक थापाको अवस्था गम्भीर रहेको छ ।