प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

दुई मोटरसाइकल आपसमा ठोक्किँदा बस्यालको मृत्यु

२०७९ माघ २७, शुक्रबार ०३:१० बजे

हेटौंडा - चितवनको रत्ननगर नगरपालिका ९ टिकौली जंगलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

टाँडीबाट भरतपुर जाँदै गरेको ना १६ प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७२५ नम्बरको मोटरसाइकल बिहिबार बेलुकी साढे ८ बजे आपसमा ठोक्किँएको थियो।

दुर्घटनामा घाइते भएका ७२५ नम्बरको मोटरसाइकलका चालक चितवनको खैरहनी नगरपालिका १ का ४४ वर्षीय राजेश बस्यालको जिल्ला अस्पतालमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

दुवै मोटरसाइकल र अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।प्रतीकात्मक तस्बिर