हेटौंडा – हेटौंडामा जननेता स्व. मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी बनाइएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरहेटौंडा–११, स्थित शहिद स्मारमा मदन भण्डारीको शलिकमा माल्यापर्ण, हेटौंडा–९ बेथखोल्सीको पार्कमा बृक्षारोपण लगाएको विभिन्न कार्यक्रम आयोजन गरी मनाएको हो ।
माल्यापर्ण तथा बृक्षारोपणमा मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रीय सदस्य डोरमणि पौडेल, बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दिपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतका पार्टीका नेता कार्यकर्ता एवम् फाउण्डेसनका पदाधिकारीहरुले सहभागिता रहेको थियो ।

जननेता स्व.भण्डारी जन्मदिनका अवसरमा फाउण्डेशनले असार १२ गते रक्तदान कार्यक्रम, १३ गते “मैले बुझेको मदन भण्डारी” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । विसं २०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
त्यस्तै जननेता स्व.मदन भण्डरीको ७१ औं जन्म जयन्तीको अवसरमा प्रेस चौतारी मकवानपुरको आयोजानमा हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला तथा प्रदेश स्तरका नेताहरु, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकास दाहाल लगायतकाले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागि अतिथीहरुले मदन भण्डारीले त्यतीबेला गरेको योगदानको चर्चा गरेका थिए ।

त्यसैगरी जननेता स्व.मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा नेकपा एस निकट अनेरास्ववियू मकवानपुरले मामाघर नेपालमा खाद्यान्न सहयोग गरेको छ । अनेरास्ववियू मकवानपुरका अध्यक्ष अरुण बर्तौला, केन्द्रीय उपमहासचिव किशोर कुमार टन्डन, अनेरास्ववियू स्थायी कमिटी सदस्य सुलभ अधिकारी, अनेरास्ववियू मकवानपुरका सचिव आकाश अधिकारी एवम् अनेरास्ववियू मकवानपुरका नेता तथा कार्यकर्ता मामाघर नेपालमा पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
