प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

छोराले हाने बाबुको टाउकोमा चिर्पट

२०८० फाल्गुन २२, मंगलबार ०९:४० बजे

हेटौंडा – धादिङ्गमा एक युवकले आफ्नै बाबुको टाउकोमा चिर्पट प्रहार गरेका छन् । थाक्रे गाउँपालिका खर्कचौर बस्ने १८ बर्षीय रञ्जित दर्जीले आफ्नै बाबु ४२ बर्षीय कृष्ण बहादुर दर्जीको टाउकोमा चिर्पट प्रहार गरेर घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घाइते कृष्णको उपचारको लागि नजिकै केबलपुर स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात काठमाण्डौस्थित ट्रमासेन्टर पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउकोमा चोट अवस्था मध्यम रहेको छ ।

टिर्पट प्रहार गर्ने रञ्जित फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।