प्रहर खबर
 २०८३ कार्तिक १०, सोमवार    

मकवानपुरका प्रहरी प्रमुख गुरुङ सहित ३२ एसपी बढुवाको लागि सिफारिस (सूचीसहित)

२०७९ असार २५, शनिबार ०७:५५ बजे


काठमाडौं – गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुरेन्द्र बहादुर गुरुङ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मानवश्रोत ब्यवस्थापन शाखाका डा.मनोज कुमार के.सी., बामगती प्रदेश प्रहरी गण, मकवानपुरका गोविन्द्र थपलिया रहेका छन् । त्यस्तै नेपाल प्रहरी राजमार्ग सरक्षा तथा ट्राफिक ब्यवस्थापन रामनगर चितवनका एसपी सुशीलसिंह राठौरको नाम पनि सिफारिस भएको छ । उनी मकवानपुरका पुर्वएसपी समेत हुन् ।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् भने ३२औं नम्बरमा शारदाप्रसाद चौधरी रहेका छन् ।शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।