प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

राप्रपा नेपाल मकवानपुरले भन्यो–‘सुर्य चिन्हमा मतदान गर्न हार्दिक अपिल गर्दछौँ’

२०७९ बैशाख १२, सोमबार १०:५९ बजे

हेटौंडा – राप्रपा नेपाल मकवानपुरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ । सोमबार राप्रपा नेपाल राप्रपा नेपाल, मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका हुन् ।

 ‘आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्र्दभमा केन्द्रिय स्तरमा नेकपा एमाले र राप्रपा नेपालबिच २०७८ चैत ३० गते भएको सहमति बामोजिम उक्त सहमतिलाई कार्यान्वयन गर्दै सुर्य चिन्हलाई मतदान गर्न सम्पुर्ण कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकहरुमा हार्दिक अपिल गर्दछौँ ।,’ विज्ञप्तीमा भनिएको छ ।