हेटौंडा – जिल्ला फुटलब संघ मकवानपुरको आयोजनामा जारी जिल्ला लिग छनोट फुटलब प्रतियोगितामा एन्फा रेफ्री विशाल घलान सहितको टोलीमाथि कुटपिट भएको छ ।
प्रतियोगिताको छैठौँ खेलमा श्री पञ्चसिल युवा क्लबसंग द रिभाईबल क्लब ३–२ गोल अन्तर पराजित भएपछि द रिभाईबलका म्यानेजर, खेलाडी र समर्थकले रेफ्रीमाथि सामुहिक रुपमा आक्रमण गरेका गरेका थिए ।
करिब ५ हजार क्षमताको हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालाको खुल्ला मैदानमै रेफ्री ज्यान जोगाउन भागिरहेका थिए । उता द रिभाईबलका म्यानेजर, खेलाडी र एक समर्थक रेफ्रीहरुलाई लखेट्दै मुक्का र लात्ताले हानिरहेको भिडियोमा प्रष्ट देखिन्छ ।
आयोजक र सुरक्षाकर्मी सहितको टोलीले कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । ‘तेति बेला फुटबल मैदान रणभूमि परिणत जस्तो देखिन्थ्यो,’ खेल हेर्न पुगेका दर्शकहरुले सुनाए ।
मैदानमै यसरी कुटिए रेफ्री(भिडियो)
कुटाईबाट एन्फा रेफ्री आशिष कार्की सामान्य घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । पञ्चसिल र द रिभाइबलबीचको खेल सकिएपछि सोमबार साँझ यो घटना भएको थियो ।
मैदानमै असुरक्षित रेफ्रीहरुले कुटपिटमा संलग्नलाई कारवाहीको माग राखेका थिए । माग पुरा नभए देशभर जारी फुटबल प्रतियोगिता रोक्ने चेतावनी समेत दिएका थिए ।
त्यसपछि मंगलबार अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा बसेको बैठकले द रिभाईवल क्लबका खेलाडी सुनिल खड्की, म्यानेजर कृष्ण बहादुर ठकुरी र क्लबलाई ३–३ बर्ष प्रतिबन्ध लगाएको छ । त्यस्तै कप्तान तथा गोलरक्षक अनिल लोलाई २ बर्ष र सोही क्बलका समर्थक ओम गुरुङ(कृष्ण) लाई १ बर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
संघको निर्णय अनुसार कारवाहीमा पर्ने खेलाडी, म्यानेजर, र क्लबले तोकिएको अवधिभर एन्फाद्वारा आयोजित प्रतियोगिता र एन्फाका रेफ्रीले खेलाएको कुनै पनि खेलमा सहभागी हुन पाउने छैन । उता समर्थकले भने मैदानमा प्रवेश गर्नबाट बञ्चित हुनेछन् ।'
यो पनि पढ्नुहोस्
मकवानपुरमा रेफ्री कुटपिटः संलग्न खेलाडीले खेल खेल्न नपाउने, दर्शकले हेर्न
हेटौंडाको थानाभर्याङबाट दुई महिला पक्राउ