प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

अध्यक्ष ओली हेटौंडा आउँदै

२०७९ बैशाख ११, आईतबार १२:०४ बजे

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हेटौंडा आउने भएका छन् । स्थानीय तहको निर्वाचनको सन्र्दभमा एमाले मकवानपुरले गर्ने आमसभालाई संवोधन गर्न पुर्वप्रधानमन्त्री ओली बैशाख १८ गते हेटौंडा आउन लागेका हुन् ।

अन्तराष्ट्रिय मई दिवसको अवसरमा हेटौंडाको हुप्रचौरमा हुने आमसभालाई अध्यक्ष ओलीले संवोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । आमसभालाई भब्य र विशाल बनाउने तयारी सुरु भैसकेको उनको भनाई रहेको छ । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहबाट एमाले नेता कार्यकर्ताको सहभागिता हुने जनाईएको छ ।