हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ का विपन्न घरपरिवार जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा (कमल) वितरण गरिएको छ । वार्म नेष्ट फाउन्डेसनको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।
वडाअध्यक्ष दिपक खड्काको पहलमा बिहीबार न्यानो कपडा (कमल) वितरण गरिएको हो । चिसो बढेको कारण समस्या परेको जानकारी पाएपछि फाउन्डेसनको सहयोगमा एक÷एक थान ब्ल्याङ्केट वितरण गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिए ।