प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

हेटौंडामा अवैध मल बरामद

२०८० चैत्र १२, सोमबार २०:२८ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट युरीया मल बरामद गरेको छ ।

पुर्वपश्चिम सडकखण्डमा प्रहरीको चेकिङ टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको ना.३.ख.७८२० नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्दा १० बोरा बिल नभएको युरिया मल फेला पारेको हो ।

उक्त युरिया मल प्रहरी चौकी रातोमाटेमा रहेको प्रहरीले जनाएको छ ।