हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म १३ हजार ४९५ मत गणना गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकि मिना कुमारी लामाले अग्रता बनाएकी छन् । उनले ४ हजार १३५ मत सहित अग्रता बनाएकी हुन् ।
लामाको पछिपछि राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह रहेका छन् । उनले ३ हजार ७५५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ३ हजार ५५२ मत सहित तेस्रो स्थानमा छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं१,२ र १९ को मतगणना सकिएको छ भने वडा नं.३,१८,४ लगायतको मत गणना जारी छ ।