प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

ट्याक्टरले किच्दा पाँच वर्षीय बालकको ज्यान गयो

२०७९ आश्विन १४, शुक्रबार १२:२६ बजे

हेटौंडा – ट्याक्टरले किच्दा पाँच वर्षीय बालकको ज्यान गएको छ । बर्दियाको गुलरिया नगरपालिका ९ मथुरामा शुक्रबार ट्याक्टरले किच्दा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेशको ज्यान गएको हो ।

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्याक्टरले शुक्रबार बिहान ९ बजे किचेको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।