प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

सालको काठसहित ११ जना पक्राउ

२०७९ पौष ६, बुधबार १४:१९ बजे

हेटौंडा – सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ बाट प्रहरीले अबैध सालको काठसहित ११ जनालाई पक्राउ गरेको छ । असिनेको खोले खोके सामुदायिक बनको जंगलबाट स्थानीय ३५ वर्षीय सिताराम माझीसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१४ वटा सालको गोलिया काठ बा ३ ख ९५०७ नम्बरको टिपरमा लोड गरी ईन्द्रावती गाउँपालिका–१० को झोलुङगे पुलतर्फ लिएर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।