प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ हजार ८६६ जनाको उम्मेदवारी

२०७९ आश्विन २३, आईतबार १६:१७ बजे

हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि ५ हजार ८६६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २ हजार ४७३ र प्रदेशसभातर्फ ३ हजार ३९३ जनाले उम्मेद्वारी दिएको हो ।

प्रतिनिधिसभामा पुरुष २ हजार २४२ र महिला २३१ को उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभा पुरुष ३ हजार ९९, महिला २९३ र अन्य १ जनाको उम्मेदवारी दिएका छन् ।