प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

पैदलयात्रीलाई ठक्कर दिंदा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

२०७९ भाद्र १२, आईतबार ०२:५९ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी चोकमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका १० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् । उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल शनिबार साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ ।