प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

जिप्रका मकवानपुरद्वारा सुरक्षा सचेतना सम्बन्धि बृतचित्र प्रदर्शन

२०७९ आश्विन २७, बिहीबार ०८:०७ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुर(जि.प्र.का.)ले ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा सुरक्षा सचेतना सम्बन्धि बृतचित्र प्रदर्शन गरेको छ । कार्यालयमा आएका सेवाग्राहीहरुलाई कार्यालयको परिसर भित्र रहेको नागरिक सहायता कक्षमा सुरक्षा सचेतना सम्बन्धि बृतचित्र प्रदर्शन गरिएको हो ।

उक्त कार्यक्रममा मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले सुरक्षा सचेतना सम्बन्धि बृतचित्रको बारेमा जानकारी गराएका थिए । उनले सेवाग्राहीहरुसंग अन्तरक्रिया समेत गरेका थिए । कार्यक्रमलाई प्रहरी निरीक्षक चुडा कुमारी खड्का र प्रहरी निरीक्षक बलराम श्रेष्ठले सहजीकरण गरेका थिए।