हेटौंडा – झापाको मेचीनगर नगरपालिका १३ चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पचाडी सवार ईलाम रोङ गा पा ६ बस्ने २३ वर्षीया उषा राई रहेकी छन् ।
उनलाई उपवारको लागि बि एन्ड सि अस्पताल बिर्तामोड पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाईकललाई आइतबार बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो । मोटरसाइकल चालक भने सकुशल रहेको र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी चारआलीले जनाएको छ ।